नियम २०
नक्कलसम्बन्धी व्यवस्था
नेपाल सरकार वादी वा प्रतिवादी भै चलेको वा नेपाल सरकारलाई सरोकार पर्ने मुद्दामा अड्डा अदालतबाट भएका निर्णय वा आदेश लगायतका
कागजातहरूको नक्कल बिना दस्तुर अड्डा अदालतले सरकारी वकील कार्यालयलाई सारी लान दिनु पर्नेछ । त्यस्ता कागजातको नक्कल सरोकार पर्ने प्रहरी कार्यालय वा अन्य कार्यालयले सारी लिन चाहेमा सरकारी वकील कार्यालयमा रहेको नक्कल मिसिलबाट सारी लिन दिनुपर्नेछ ।